भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्पले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बिएस ६ स्कुटर सार्वजनिक गरेको छ।
जसको मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ निर्धारण गरिएको कम्पनीले बताएको छ।
अप्रिलिया स्टोर्म १२५ बिएस ६ स्कुटर नेपाली बजारमा १२५सिसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्ये एक हो।
युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कुटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ। जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ।
यस स्कुटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ, जसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ।
यसले स्कुटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ। साथै, यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ, जसले एकै नजरमा आवश्यक जानकारी प्रदान गर्दछ।
रातिको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलइडी हेडल्याम्पहरू थपिएका छन्। यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरूले यसलाई थप आकर्षक बनाएको छ।
ठूलो १२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ।
डेल्टा अटोकोर्पका निर्देशक तथा सिइओ विजय के. महतोले भने, 'हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं। प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउने हाम्रो प्रतिबद्धता रहेको छ।'
'नयाँ अप्रिलिया स्टोर्म १२५ बिएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ।'
लन्चको साथमा, डेल्टा अटोकोर्पले नाडा अटो शो २०२४ का लागि 'सेभिङ एक्स्ट्राभागेन्जा स्किम' को घोषणा गरेको छ। यो स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजारसम्मको छुट पाउन सक्नेछन्।
साथै, शोको समयमा बुक गर्ने ग्राहकहरूले अनर २०० वा अनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्नेछन्।
अप्रिलिया स्टोर्म १२५ बिएस ६ स्कुटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै नेपालमा १२५सिसी प्रिमियम स्कुटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ।