नेपालका लागि जोन्सेन मोटरसाइकलको आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङ प्रालीले जोन्सेनका दुई पांग्रे (बाइक र स्कुटर)सवारी साधन सार्वजनिक गरेको छ।
सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त सवारी साधन सार्वजनिक गरेको हो।
कम्पनीले एकसाथ आठ वटा बाइक र एउटा स्कुटर ल्याएको छ।
बाइकको मूल्य तीन लाख ७५ हजार रूपैयाँदेखि ६ लाख ५० हजारसम्म छ भने स्कुटरको मूल्य दुई लाख ७५ हजार छ।
यी मोडलहरू स्यामुकापु ट्रेडिङको विराटनगर, वीरजञ्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवलमा रहेको आधिकारिक सोरूमहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
ग्राहकले बाइक तथा स्कुटर खरिदमा दुई वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पाउने छन्।
त्यस्तै, मोटरसाईकल र स्कुटर खरिदमा फाइनान्स र एक्सचेञ्जको सुविधा पनि दिइएको छ। जोन्सेनका बाइक र स्कुटर किन्दा ६ वटा निःशुल्क सर्भिसिङ र हेलमेट पाउने कम्पनीले बताएको छ।
यस्ता छन् मोडल र मूल्यः
क्षमता (सिसी) | मोडल | बिक्री मूल्य |
२१६.५ | जेडएस२००वाइ–५(सिएआरआरइआरए) | पाँच लाख ६० हजार पाँच सय |
१४९.४ | जेडएस१२५जिवाइ–३ (भिआइ) | तीन लाख ३० हजार |
१९६.४ | जेडएस१५०जिवाइ–८ | तीन लाख ७५ हजार |
११९.६ | जेडएस१२५–१७ए (एमी) स्कुटर | दुई लाख ७५ हजार |
१९६.४ | जेडएस१२५जिवाइ–३ (भिआइ) | तीन लाख ८४ हजार |
१९८.८ | जेडएस२००–७९ (आरए १) | चार लाख ५५ हजार |
२३० | जेडएस१२५जिवाइ–३ (भिआइ) | चार लाख ७० हजार |
२१७ | जेडएस२५०–९ए (डब्लुइइके ९) | चार लाख ९९ हजार |
२५० | जेडएस२००जिवाइ–४ | ६ लाख ५० हजार |