होण्डा कारकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले 'होण्डा कार दसैं उपहार, अफर माथि अफर' नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा पाँच लाख रूपैयाँसम्मको नगद छुट, दुई वर्षका लागि गाडीको इन्स्योरेन्स, कर छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङको छुट सुविधा पनि पाउनेछन्।
ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको लागि हाेन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदरका साथै २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहको छ।
यसका साथै होण्डाले आफ्नो ग्राहकहरूलाई रोड साइड एसिस्टेन्सको सुविधा साथै २ वर्ष अथवा कार एक लाख किलाेमिटर चलाएसम्म वारेन्टी दिने कम्पनीको भनाइ छ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ।
नेपालमा रुचाइएको र विश्वास गरिएको होण्डा कार को हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।