नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा सार्वजनिक गरिने तीन ओटा गाडीका मोडलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरू गरेको छ।
जसअन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ।
क्याम्पेनमा सहभागी हुन केई नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज रहेको छ।
सहभागी मध्येबाट सबै तीन मोडलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन्।
केई नेपालको सोसियल मिडिया फोलोवर्सरूले यस क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन्।
यो क्याम्पेन भदौ ४ गतेबाट १० गतेसम्म चल्ने बताइएको छ।
आउदै गरेको नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टल नं एच–१६ मा आएर केई ब्रान्ड र नाडामा सार्वजनिक गरिने केईका गाडीहरूको बारे जानकारी लिन लक्ष्मी इ मोबिलिटीले अनुरोध गरेको छ।