अर्थसचिव राम प्रसाद घिमिरे नेपाल विद्युत प्राधिकरणको आइपिओ जारी गर्ने तयारी गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभमा बोल्दै घिमिरेले प्राधिकरणले शेयर जारी गर्ने बताएका हुन्।
'प्रशारण लाइनमा निकै ठूलो लगानी आवश्यक छ। त्यही भएर हामीले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्दैछौं। प्रशारण लाइनमा पनि निजी क्षेत्रलाई प्रवेश गराउन सकिन्छ। केही समय भने प्रशारण र वितरणमा प्राधिकरणले नै जिम्मेवारी लिनुपर्छ,' उनले भने।
त्यस्तै नेपालको बजेटको ठूलो हिस्सा यस विद्युतको क्षेत्रमा रहेको बताएका हुन्।
'हामीले उत्पादन गरेको विद्युतको खपत नहोला भन्नुपर्दैन। हामीले भारतको केन्द्रीय सरकारसँग मात्र होइन प्रदेश सरकारसँग पनि हामीले सम्झौता गर्न सक्ने अवस्था छ। अहिले पनि हामीले बजेटमा विद्युतलाई दोस्रो प्राथमिकतामा राखेका छौं। हामीले विनियोजन गरेको बजेटको ठूलो हिस्सा यही क्षेत्रमा छ,' उनले भने।