सेतोपाटी सञ्चार प्रालिको आयोजनामा 'इभी कन्क्लेभ' जारी छ।
काठमाडौंको होटल सोल्टीमा दिउँसो २ बजेदेखि कार्यक्रम सुरू भएको हो।
अहिले अन्तिम सत्र 'इभीः पावर स्टाबिलिटी एन्ड पोलिसी कन्सिस्टेन्सी' पत्रकार अमित ढकालले सहजीकरण गरिरहेका छन्।
यो सत्रमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिवाइडी नेपालकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठबीच छलफल तथा बहस भइरहेको छ।
यसअघि पहिलो सत्रमा 'इभीः प्रेजेन्ट ट्रेन्ड्स र फ्युचर इनोभेसन्स' शीर्षकमा बहस भएको थियो। पत्रकार दिलभूषण पाठकले सहजीकरण गरेको यो सत्रमा बिवाइडी नेपालका निर्देशक शाहिल श्रेष्ठ, सिजी मोटर्सका सिइओ हेमन्त अग्रवाल र बिजुली गाडी विज्ञ लोकेश ओलीले छलफल तथा बहस गरेका थिए।
त्यस्तै दोस्रो सत्र 'इभीः द नेसनल कन्ट्रिब्युसन' विषयमा भएको थियो। पत्रकार सुदीप श्रेष्ठले सहजीकरण गरेको उक्त सो सत्रमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, वातावरणविद भूषण तुलाधर र दी गो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीले आफ्ना भनाइहरू राखेका थिए।
तस्बिरहरू: