बिवाइडी नेपालका सिइओ शाहिल श्रेष्ठले नेपालमै दुई पांग्रे सवारीसाधन र चार्जिङ पोइन्टहरू बन्दै गरेको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको कन्क्लेभमा बोल्दै सिइओ श्रेष्ठले नेपालमा इभीको राम्रो भविष्य भएको बताएका हुन्।
'इभी प्रडक्ट मात्रै होइन, यो इको सिस्टम हो। इभीको कारण नेपालमै दुई पांग्रे सवारीसाधन बन्न थालेका छन्। अहिले नेपालमा चार्जिङ पोइन्टहरू धेरै छन्।
नयाँ नयाँ बढ्दै गएका छन्। चार्जिङ पोइन्ट नेपालमै बन्दैछन्,' उनले भने।
यस्तै नेपालमा इभीको इतिहास नै भएको पनि उनले बताए।
'इभीमा नेपालको इतिहास छ। इतिहासलाई अध्ययन गरेर धेरै कुरा सिक्न जरूरी छ। १९७१ मा ट्रली बस चलेर सुरू भएको हो नेपालमा इभी। १९९१ मा सफा टेम्पो आएको हो,' उनले भने।