बिजुली गाडीबारे विज्ञ लोकेश ओलीले नेपालका सार्वजनिक यातायातमा बिजुलीको गाडी प्रयोग गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरिएको इभी कन्क्लेभमा विज्ञ ओलीले सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग गर्नुपर्ने बताएका हुन्।
'नेपालको सार्वजनिक सवारीमा बिजुली गाडी प्रयोग हुन एकदमै जरूरी छ। नेपालका लागि बिजुली गाडी निकै सजिलो छ। चार्ज गर्न बिजुली नेपालको हरेक ठाउँमा पाइन्छ,' उनले भने, 'पेट्रोल-डिजेल सबै ठाउँमा पाइँदैन। यो हिसाबले बिजुलीमा जानुपर्छ भन्ने मलाई लाग्छ।'
यस्तै कुनै समय सवारीसाधनबाट धुँवा ननिस्किँदा र ठूलो आवाज ननिस्किए गाडी चढेको के अर्थ भयो र भन्ने धारणालाई प्रतिस्थापन गरेको पनि बताएका छन्।
'अर्काले आवाज सुनेन, धुँवा निश्किएन भने के अर्थ भयो गाडी चढेको भन्ने कुरालाई विद्युतीय सवारीले प्रतिस्थापन गरिदिएको छ,' उनले भने।