सिजी मोटर्सका सिइओ हेमन्त अग्रवालले फास्ट चार्जिङ गर्ने सुविधा विकास भएसँगै इभी आकर्षक भएको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको कन्क्लेभमा बोल्दै इभीको फास्ट चार्जिङ सुविधाले थप आकर्षक भएको बताएका हुन्।
त्यस्तै ब्याट्री ८ देखि १० वर्षको वारेन्टी भएको समेत आइसकेको उनले बताएका हुन्।
पहिलो सत्र इभी प्रजेन्ट ट्रेन्ड्स र फ्युचर इनोभेसन्स शीर्षकमा कुराकानी भइरहेको हो।
पत्रकार दिलभूषण पाठक सहजकर्ता छन् भने बिवाइडी नेपालका सिइओ शाहिल श्रेष्ठ, सिजी मोटर्सका सिइओ अग्रवाल र बिजुली गाडी विज्ञ लोकेश ओली वक्ता छन्।