नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विद्युतीय सवारी सञ्चालनको ठूलो सम्भावना रहेको बताएका छन्।
हामीले अहिले जलस्रोत उपयोग गर्ने हिसाबले आयोजना अगाडि बढाइरहेको पनि उनले बताए।
‘विद्युतीय सवारी वातावरणीय हिसाबले संसारले प्राथमिकता दिएको चिज हो। नेपालले पनि प्राथमिकता दिएको छ। साँच्चै राम्रो हो भन्ने मलाई लाग्छ। चार्जिङ स्टेशन लगायत पूर्वाधार अझै विकास आवश्यक छ। यसमा सरकारको थप सहयोग भयो भने निकै राम्रो हुन्छ,’ उनले भने।
अहिलेको सरकार आइसकेपछि निजी क्षेत्रलाई केही सहज भएको पनि उनले बताए।
अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेलले समातेपछि आम मानिसमा सकारात्मक सोच आएको भन्दै उनले बधाई समेत दिए।
‘वातावरण बनेन भन्ने भाष्यमा एकातिर लगानीको वातावरण छैन भन्ने थियो भने अर्कोतिर साना साना आयोजनामा लगानी गर्न सकियोस् भन्नेहरू हुनुहुन्थ्यो। हामीले ७७ जिल्लाका व्यवसायीको सहभागितामा १० अर्ब लगानीको पब्लिक कम्पनी सञ्चालनमा ल्याएका छौं। यसले लगानी वातावरण छ है भन्ने सन्देश दिएको छ,’ उनले भने।
भिडिओः