महिन्द्रा समूह अन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफइएस) ले आज युभो टेक प्लस ट्रयाक्टर शृंखला सार्वजनिक गरेको छ।
महिन्द्राको नेपालस्थित डिलर अग्नि ग्रुपले आफ्ना ग्राहकहरूलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनको निमित्त यहि साउन २८ गते सोमबारका दिन नयाँ ट्र्याक्टर मोडल युभो टेक प्लस ५७५ डिआइलाई विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घघाटन गरेको छ।
यो श्रृंखला १२एफ (फर्वार्ड) + ३आर (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा ३ स्पिड रेन्ज अप्सन विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ।
धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।
जसले लामो समयको लागि अधिकतम अपरेटर आराम प्रदान समेत गर्दछ।
कम्पनीका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले खेती र जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताए।
'यो ट्रयाक्टरलाई नयाँ उन्नत इन्जिन, ट्रान्समिसन र हाइड्रोलिक प्रविधिले सम्बन्धित क्षेत्रहरूमा सबैभन्दा उन्नत बनाएको छ। जसको माध्यमबाट हामीले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने लक्ष्य राखेका छौं, हामी हाम्रा सम्मानित ग्राहकहरूलाई ट्रयाक्टर सिरिज–महिन्द्रा युभो टेक प्लस प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं,' उनले भने।