बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ।
ग्राहक वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर
सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बिवाइडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।
४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस वे रहेका छन्।
त्यसैगरी, बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ। डेन्टपेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ।
गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन्।
कुपण्डोलमा नयाँ सर्भिस सेन्टर
ललितपुरका लागि बिवाइडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ।
८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस वे रहेका छन्। यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड इभी टुल्सद्वारा सुसज्जित छन्।
सो क्षेत्रका बिवाइडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ।
ग्राहकलाई 'सुपेरियर र सिन्सियर सर्भिस' प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध छ। बिवाइडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन्।
परिस्कृत सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ।
हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, विर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन्।
आगामी तीन महिना भित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बिवाइडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन्।