टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत् एस एभीका दुई नयाँ भेरियन्टहरू– एस इभी सिएलबी र एस इभी फ्लाट बिइडी नेपाली बजारमा सार्वजनिक गरेको छ।
टाटा एस इभी कन्टेनर भेरियन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएका कम्पनीको भनाइ छ।
इन्टरनेसनल बिजनेस टाटा मोटर्स कमर्सियल भेहिकलका हेड अनुराग मेहरोत्राले भने '२०२३ मा लन्च भएदेखि एस इभीले भरपर्दो र प्रभावकारी समाधानहरू प्रदान गरेको छ, जसले व्यवसायहरूलाई देशव्यापी रुपमा सशक्त बनाएको छ। एस इभी सिएलबी र एस इभी फ्लाट बिइडीले एस परिवारलाई थप विस्तार गर्दै ग्राहकहरूको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्नेछ।'
'नेपालमा शून्य–उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने हाम्रो यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्दछ साथै हामी विश्वस्त छौं, सिप्रदी ट्रेडिङको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्नेछ,' सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने।
सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस इभी लोकप्रिय बन्दै बिक्री भइरहेको कमपनीले बताएको छ।
पहिलो ६ महिना काठमाडौंमा मात्रै परीक्षण गरिएको एस इभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्।
हाल एस इभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार रूपैयाँ, एस इभी सिएलबीको २२ लाख ७९ हजार रूपैयाँ र एस इभी फ्लाट बिइडीको मूल्य २१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।