बजारमा एमजीको विद्युतीय गाडीले राम्रो प्रतिक्रिया पाइरहेको छ।
यस्तैमा एमजी मोटर्सले आफ्नो प्रदर्शनी प्रमाणित गर्न नयाँ उपलब्धी हासिल गरेको छ। विद्युतीय एमजी४ उपल्लो मुस्ताङको कोरोला सीमासम्म पुगेको छ। कोरोला सीमा ४,६६० मिटर उचाईंमा छ।
युट्युबर धिरेन मान श्रेष्ठले एमजी४ इभीमा उपल्लो मुस्ताङसम्मको यात्रा तय गरेका हुन्। उनले यो यात्रा स्मरणीय रहेको बताउँदै एमजी४ इभीले कच्ची बाटोहरूमा समेत राम्रो प्रदर्शनी गरेको बताएका छन्।
उनले गाडीको विशेषताहरूबारे प्रशंसा गरेका छन्। यसमा भएको रिअर इन्डिपेन्डेन्ट सस्पेन्सन, रिअर ह्विल ड्राइभ, र स्टिफ सस्पेन्सन प्रणालीले गर्दा जस्तोसुकै बाटोमा पनि गाडीलाई सहज ढंगले चलाउन सक्षम भएको बताएका छन्।
उपल्लो मुस्ताङको यात्रा तय गर्न अघि श्रेष्ठले हेटौंडा-काठमाडौं राजमार्ग र कालिञ्चोकमा एमजी४ इभीको क्षमताहरूलाई सफलतापूर्वक प्रदर्शन गरेका थिए।
२०२२ मा विश्वस्तरीय प्रक्षेपण भएपछि एमजी ४ इभीले सन् २०२४ मा 'ओभरअल कार अफ द इयर' अवार्ड पाएको थियो।