जिएस ग्रुपले तीन दशकदेखि संयुक्त उद्यम गरिरहेको छ।
सन् १९९९ मा होण्डासँग र सन् २००४ देखि टोयोटा जस्ता विश्व प्रसिद्ध ब्रान्डहरूको प्रारम्भिक साझेदारीदेखि नै यसले उत्कृष्ट अनुसन्धान, विकास र निर्माण क्षमताहरू कार्यान्वयन गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो।
यस साजेदारीलाई अझै विश्व प्रगाढ बनाउँदै जिएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ प्रणालीसहितको पहिलो इभी आउदो वर्ष चिनिया मर्केट्मा प्रस्तुत गर्नेछ।
यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित हुनुका साथै प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुने बताइएको छ।