नेपाली बजारको लागि नयाँ र उपयुक्त विशेषताहरूका कारण गत वर्ष चैतमा सार्वजनिक दिपल एस०७ लोकप्रिय छ। 'टच द फ्युचर' भन्ने ट्यागलाइन बोकेको यो गाडीको विशेषता फ्युचरिस्टिक छन्।
दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो। यही ब्रान्डले दिपल एस०७ सार्वजनिक गरेको हो। नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प हो।
दिपल एस०७ मा १५ भन्दा बढी 'फर्स्ट टाइम इन नेपाल' विशेषताहरू छन्।
यो एसयुभी इभी डेडिकेटेड इपिए१ प्लेटफर्ममा आधारित छ। यसमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ जसले एक पटकको पूरा चार्जमा ४१० किलोमिटरको रेन्ज दिन्छ। गाडीमा पर्मानेन्ट म्यागट सिंक्रोनस मोटर दिइएको छ। जसले अधिकतम ९० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ।
दिपल एस०७ मा वेल्कम सिट, फ्रेमलेस डोर, फ्लस ह्यान्डल, अटो रिडिङ रोड साइन, सनफ्लावर टचस्क्रिन, १४ वटा स्पिकर, भ्वाइस असिस्टेन्ट, जस्ता विशेषताहरू पाउन सकिन्छ।
चिनियाँ ब्रान्ड भए पनि दिपल एस०७ को डिजाइनिङ इटालीमा गरिएको हो। गाडीको चौढाईको १,९३० एमएम, लम्बाई ४,७५० एमएम र उचाई १,६२५ एमएम छ। यसमा २९०० एमएम ह्विलबेस दिइएको छ भने १७५ एमएम ग्राउन्ड क्लेरेन्स छ।
दिपल एस०७ मा इन्टेलिजेन्ट क्याबिन दिइएको छ। यसमा १५.६ इन्चको सनफ्लावर टचस्क्रिन दिइएको छ। यो १५ डिग्रिसम्म ड्राइभर र अगाडिको प्यासेन्जर सिटमा ढल्किन्छ। गाडीलाई इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज गरी चार मोडमा चलाउन सकिन्छ।
यो एसयुभीमा ४४५ लिटरको बुट स्पेस दिइएको छ जसलाई थप १२५ लिटरसम्म बढाउन सकिन्छ।
सुरक्षाको लागि यसमा एन्टिलक ब्रेकिङ प्रविधि, इलेक्ट्रिक ब्रेक डिस्ट्रिब्युसन, ट्र्याक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड र हिल डिसेन्ट, ३६० डिग्री अराउन्ड भ्यू क्यामेरा, पार्किङ सेन्सर जस्ता विशेषताहरू पाइन्छ।
दिपल एस०७ लाई डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ३५ मिनेटमा ३० प्रतिशत भएको ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। घरमा भएको ३ किलोवाटको चार्जरबाट चार्ज गर्दा २२ घण्टा लाग्छ भने सात किलोवाटको चार्जबाट ८-९ घण्टामा चार्ज गर्न सकिन्छ।
दिपल एस०७ को ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा एक लाख ५० हजार किलोमिटर र मोटरमा ३ वर्ष वा एक लाख २० हजार किलोमिटरको वारेन्टी दिने जनाएको छ।
कम्पनीले दिपल एस ०७ विभिन्न ६ रंग विकल्पमा उपलब्ध गराएको छ। यसको बजार मूल्य ७४ लाख ९९ हजार तोकेको छ।