नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटनसँगै 'ओमोडा इफाइभ' गाडी सार्वजनिक गरेको छ।
१०० भन्दा बढीको उपस्थितिमा नयाँ डिलरसिप उद्घाटन तथा सार्वजनिक गरिएको हो।
ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको बताएको छ।
उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपिजिएच) का अध्यक्ष चिन्तामणि न्यौपाने, एसपिजी अटोमोबाइल्स र सिद्धार्थ टेकका सदस्यहरू लगायतको उपस्थिति थियो।
नेपालगञ्जमा डिलरसिप विस्तारले यस क्षेत्र भित्रका ग्राहकहरूलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा महत्त्वपूर्ण कोसेढुंगाको रूपमा स्थापित रहने कम्पनीको विश्वास छ।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने 'हामीले ओमोडाको इ५को लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौँ। हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो। हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभी प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौँ।'
नेपालगञ्जमा एसपिजी अटोमोबाइल्सको नयाँ आधिकारिक वितरक 'सिद्धार्थ टेक प्राइभेट लिमिटेड' यही जुलाईदेखि उद्घाटनसँगै सञ्चालनमा आएको छ।
ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
प्रि–बजेट मूल्य ६१ लाख ९९ हजार रूपैयाँ सिङ्गल टोन, ६२ लाख ४९ हजार रूपैयाँ डुअल टोन भएको ओमोडा इफाइभ नेपालको इभी ब्रान्ड र मोडल हो जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ।