'एक्सप्रेस–टी' विद्युतीय ट्याक्सीको बालकुमारीस्थित सर्भिस सेन्टर अब बिहान ६:३० बजेदेखि ९:३० बजेसम्म खुला रहनेछ।
यसअघि सर्भिस सेन्टर ९:३० बजेदेखि ५:३० बजेसम्म खुल्ला हुने गरेको थियो।
ग्राहकको सुविधालाई ध्यानमा राखी सर्भिस सेन्टरमा कार्यको समय अवधि थप गरिएको हो।
यो सर्भिस सेन्टरले विद्युतीय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधाहरू प्रदान गर्छ।
बालकुमारी एक्सप्रेस टीको लागि ३ एस सोरूम हो। यँहाबाट एक्सप्रेस–टीको लागि सेल्स, स्पेयर र सर्भिस गरी सबै सुविधाहरू उपलब्ध गराइएको छ।
नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी ग्राहकको रोजाईमा परेको हो।
एक्सप्रेस–टीमा १ वर्षको गाडीको बीमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिङ, साथै एक लाख ६० हजार किमि सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरू रहेको छ।
बालकुमारीको साथै भक्तपुर, गोंगबु र कपनमा पनि एक्सप्रेस–टीको लागि फास्ट चार्जरको व्यवस्था रहेको छ।
छिट्टै खाँडीचौर र कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरू भइसकेको बताइएको छ।