नेपालमा सार्वजनिक भएको विद्युतीय चार पांग्रेमध्ये सबैभन्दा धेरै रेन्ज दिने गाडी हो- स्काइवेलको इटी-५।
गत वर्षको चैतमा जि मोटर्सले इटी-५ सार्वजनिक गरेको हो। कम्पनीले नाडा अटो सो २०२३ मै यो गाडी सार्वजनिक हुनेबारे बताएको थियो। गाडी सार्वजनिक भएयता कम्पनीले हालसम्म उत्साहजनक प्रदर्शनी गरिरहेको छ।
स्काइवेलको इटी-५ एक विद्युतीय प्रिमियम एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ।
यो एसयुभीमा ८६ किलोवाट आवरको लिथियम ब्याट्री दिइएको छ भने १५० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ। यसले ३२० एनएम पिक टर्क जेनेरेट गर्छ।
गाडीको लम्बाई ४,७२० एमएम, चौढाई १,९०८ एमएम र उचाईं १,६९६ एमएम छ। यसमा १९ इन्चको अलोय डिजाइमा ह्विलहरू दिइएको छ भने २८०० एमएम ह्विलबेस छ। इटी-५ मा १९७ एमएम ग्राउन्ड क्लेरेन्स छ।
इटी-५ को डिजाइन क्लासिक र बलियो छ। यो फ्रन्ट ह्विल ड्राइभ मोडलमा तयार पारिएको गाडी हो। गाडीमा फुट सेन्सर दिइएको छ। यो हुँदा गाडीको डिकी खुट्टाबाटै खोल्न वा बन्द गर्न सकिन्छ। यसमा ४५७ लिटरको डिकी दिइएको छ भने पछाडिपट्टीको सिटलाई फोल्ड गरेर ११४१ लिटरसम्मको स्पेस बनाउन सकिन्छ।
गाडीमा १२.८ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले दिइएको छ भने यसमा प्यानारोमिक सनरूफ र कर्टेन कन्ट्रोल जस्ता फिचर दिइएको छ। यसमा अटो पार्क फिचर पनि दिइएको छ।
स्काइवेल इटी-५ ला डिसी चार्जरबाट जम्मा एक घण्टा ३० मिनेटमा पूरा चार्ज गर्न सकिन्छ भने ११ किलोवाटको चार्जरले आठ घण्टामा पूरा चार्ज गर्न सकिन्छ।
कम्पनीले स्काइवेल इटी-५ को नयाँ बजार मूल्य एक करोड १५ लाख तोकेको छ।
यी हुन् स्काइवेलको अन्य विशेषताहरूः