इन्ड्राइभले डेलिभरीसमेत प्रदान गर्ने भएको छ।
कम्पनीले एक कार्यक्रममार्फत् उक्त जानकारी दिएको हो।
'हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौं। हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौं। हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू दर्ता भइरहेका छन्,' इन्ड्राइभ (एपिएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन्, 'हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। सन् २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन् २०२४ को पहिलो छ महिनामा इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ।'
'हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ताहरू र चालकहरूले हामीमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी हाम्रा सेवाहरू वृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौं,' उनले थपिन्।
उनले नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित भएको बताइन्।
'यो सेवाले बुकिङकै दिन २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ। इन्ड्राइभ डेलिभरीमार्फत् हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राख्दछौं,' उनले भनिन्।
नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सीटहरूबाट सुरक्षालाई प्राथमिकता दिने बताइएको छ।