नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले 'हिरो एक्सचेञ्ज' र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गर्ने भएको छ।
उक्त अफर आज (बिहीबार) बाट सुरू भएर असार १५ गतेसम्म सञ्चालन हुनेछ।
नेपालभर हुने उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ।
साथै, एक्सचेञ्ज अफरमा ७ हजार रूपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ।
एक्सचेञ्ज अफरमा ग्राहकहरूले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।
हिरोले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ।
हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपालमै एसेम्बल भइरहेका छन्।
हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ।
साथै, सिजी मोटर्स निकट भविष्यमा थप सोरुम खोल्ने प्रक्रियामा रहेको बताइएको छ।
यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।
लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा युनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ।