निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले 'बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक' एसयभी निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ।
यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडी किन्दा चार वर्षसम्म निःशुल्क इन्धन 'फ्रि फ्युल' सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन्।
साथै, चार वर्षको लागि 'फ्रि रनिङ कस्ट' सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन्। ब्रान्डले यस अफरमार्फत् चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने 'निसान म्याग्नाइट एसयुभी उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभी हो, जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ। हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ। यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो।'
निसान म्याग्नाइट नेपाली एसयुभी बजारमा उत्कृष्ट विकल्प रहँदै आएको छ भने यसको ’रिसेल भ्यालु’ पनि राम्रो रहेको कम्पनीको दाबी छ।
गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यसको एएमटी (अटोमेटेड म्यानुअल ट्रान्समिसन) मोडलको साथ, निसान नेपालले
नेपाली सडकका लागि उच्चस्तरीय गाडी प्रस्तुत गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ।
सीमित अवधि (स्टक रहेसम्म) ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्।
यो नयाँ एसयुभी खरिद गर्न चाहनेहरूका लागि आकर्षक अवसर रहेको कम्पनीको भनाइ छ।