अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी 'ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी' योजना ल्याएको छ।
यो योजना असार ९ गतेदेखि २१ गतेसम्म सुरू हुनेछ भने डेन्टपेन्ट र बाहिरी कामका लागि लागू हुने छैन।
साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा एक हजार रूपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ।
बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, 'ग्राहकहरूको सुविधाको लागि हामीले यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं। यो योजना पनि त्यसै अन्तर्गतको हो। हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढीभन्दा बढी लाभ लिन सकुन्।'
यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस् अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागू गरिएको छ।
साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ।
यसै योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेज मार्फत सरल फाइनान्सिङ, लगायत अन्य सुविधा पनि उपलब्ध गराउने कम्पनीको भनाइ छ।