आइसरको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लू आइसरले ग्लोबल वार्षिक सम्मेलन, थाइल्यान्डमा आयोजित कार्यक्रममा अवार्ड जितेको छ।
कम्पनीले 'स्ट्रङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस २०२३-२०२४' अवार्ड जितेको हो।
बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै कम्पनीले अर्न्तराष्ट्रिय स्तरको अवार्ड जितेको हो।
'पहिलो वर्षमै आइसर इन्डियाले आइसरको बिक्री वितरण तथा ग्राहक सेवामा ठूलो र अग्रणी परिवर्तन महसुस गरेको छ,' कम्पनीले भनेको छ।
कम्पनीले बस, ट्रक, टिपर उपलब्ध गराउनुका साथै 'अन द स्पट' सेवा, सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेन्ज फाइनान्सको सुविधा दिँदै आएको छ। यस्तै रिटेल फाइनान्सका लागि एमएडब्लू इनभेस्टमेन्ट प्रालि र बतास हायर पर्चेज कम्पनी र ५ वित्तीय संस्थाहरूसँग सहकार्य गरेको छ।
सर्भिसलाई चुस्त दुरूस्त र 'अन साइट सर्पोट' का लागि चार स्थानमा सर्भिस भ्यान सुविधा छ। अनलाइनमार्फत पाटपूर्जा पनि उपलब्ध गराउँदै आएको छ।
'प्रतिकूल अवस्थामा पनि ग्राहकप्रतिको सेवामा निरन्तर इमानदारिताका साथ सेवा प्रदान गर्दै आइराखेको र ग्राहकहरुबाट पनि सोही अनुरूपको साथ र सहयोगका लागि आभार व्यक्त गर्छौं,' कम्पनीका कार्यकारी निर्देशक तथा सिइओ दीपक अग्रवालले भने।
कम्पनीले ११ शाखा, चार डिलर र १६ वटा 'टथ प्वाइन्ट' मार्फत् देशभर सेवा विस्तार गरेको छ।