नेपाली बजारमा सिट्रोनको इ-सि३ साइन सार्वजनिक भएको छ।
नेपालको लागि फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आइतबार विद्युतीय एसयुभी इ–सि३ साइन सार्वजनिक गरेको हो।
इ-सि३ साइनमा रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल, र विद्युतीय ओआरभीएम जस्ता नयाँ सुविधाहरू दिइएको छ।
यसमा ४२ किलोवाटको मोटर र २९.२ किलोवाट आवरको ब्याट्री क्षमता दिइएको छ। जम्मा एक घण्टामा गाडीलाई डिसी चार्जरमार्फत १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
यो एसयुभीमा २,५४० एमएमको ह्विलबेस दिइएको छ भने टप स्पिड १०७ किलोमिटर हुने कम्पनीको भनाइ छ।
गाडीको अगाडि र पछाडि १५ इन्चको टायर दिइएको छ भने अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। यसको ग्राउन्ड क्लेरेन्स १७० एमएम छ।
पाँच सिटर नयाँ सिट्रो इ–सि३ साइनमा सुरक्षाको लागि एयरब्याग, इबिडी, एबिएस ब्रेकिङ सुविधा दिइएको छ।
आइतबार सार्वजनिक इ–सि३ साइनको सुरुआती मूल्य ३५ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।