नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ।
लाइनअपमा थप नयाँ गाडी सार्वजनिक भएसँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
नेपालमा सिट्रोन गाडीहरूको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरूमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिने बताइएको छ।
ग्राहकले सिट्रोनको अफिसियल वेबसाइट तथा सोरूममा गई थप जानकारी लिन सक्नेछन् र सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभव लिन सक्नेछन्।