विद्युतीय कार निर्माता चिनियाँ प्रमुख स्टार्ट–अप कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको कार 'नेटा–भी' चीनबाट सर्वाधिक निर्यात हुने कारको सूचीमा परेको छ।
जनवरीदेखि अप्रिलसम्मको तथ्यांक हनुसार 'नेटा–भी' सर्वाधिक निर्यात भएको कारको सूचीमा परेको हो। यो अवधिमा नेटा–भीका १३ हजार ६९४ वटा कार चीनबाट विभिन्न देशमा निर्यात भएका छन्।
यस्तै दोस्रो नम्बरमा एक्सपेङ्ग तीन हजार २९ वटा, सेरेस दुई हजार ६९१ वटा र स्काइवर्थ ३६८ वटा निर्यात भएका छन्।
नेपालसहित विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक विद्युतीय ब्रान्ड नेटाले हाल चिनियाँ बजारमा नेटा–भीसहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ।
सन् २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा पाँच सय वटा सेल्स एन्ड सर्भिस आउटलेट स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको नेटाले नेपालमा सिजी मोटर्समार्फत् नेटा–भी बिक्री तथा वितरण गरिरहेको छ।