सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि ५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजिवन सदस्य सावन्तजंग सिजापति तथा संस्थाको प्रतिनिधिहरू रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई हस्तान्तण गरिएको हो।
सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था रहेको बताइएको छ।
यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि गरिएको हो।
यस संस्थाले योग्य तर आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ। साथै संस्थाले वृद्ध नागरिकहरू, नाबालक टुहुरा तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई सेवा पुर्याउने निष्ठा राखेको छ।
यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपतकालिन उद्धार, सहयोग तथा पुनर्व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।