विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ।
ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको बताएको छ।
गत १९ अप्रिल २०२४ मा स्पेनमा आयोजित उद्घाटन समारोहमा स्पेनका राष्ट्रपति ‘पेड्रो सान्चेज पेरेज–कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडाको पहिलो ‘अल–इलेक्ट्रिक क्रसओभर एसयुभी ओमोडा इ५ स्पेनिस बजारमा सार्वजनिक गरिएसँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो।
नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिएदेखि ओमोडा इ ५ ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।
एसपिजी अटोमोबाइल्स नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो।