साइमेक्स इंक (नेपालमा बिवाइडी अटो इन्डष्ट्री) चीनको सियानमा आयोजित प्रतिष्ठित बिवाइडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ।
साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार हात पार्न सफल भएको बताएको छ।
अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनिय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनिय उपलब्धि बाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ।
नेपालमा बिवाइडी डिलरहरूको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ।
सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ।
हाल विभिन्न १५ स्थानमा बिवाइडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन्।
यसले बिवाइडी धेरै स्थानमा विस्तार हुन र नेपालभर रहेका ग्राहकको पहुँचमा रहन चाहेको प्रमाणित गर्दछ।
साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डिसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन्।
यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ। त्यसैगरी यसले सवारी साधनप्रति ग्राहकको अनुभवमा सुधार गर्न र नेपालमा बिवाइडी इभीको प्रयोग अझै बढाउन साइमेक्सको समर्पणलाई देखाउँछ।