याडियाको नयाँ स्कुटर सार्वजनिक भएको छ।
नेपालको लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बजारमा नयाँ मोडलको याडिया जि-६ सार्वजनिक गरेको हो।
आधुनिक डिजाइनमा तयार पारिएको याडिया जि-६ ले सहरी यात्रुहरूको विकासशील आवश्यकताहरू पूरा गर्नेमा कम्पनी विश्वस्त छ। पर्यावरण-मैत्री जि-६ उच्चतम प्राविधिक विकाससहित निर्माण गरिएको छ।
याडिया जि-६ इलेक्ट्रिक प्रोपल्सन टेक्नोलोजीद्वारा सञ्चालित छ। यसको पातलो डिजाइन र सहज नियन्त्रणहरूका कारण स्कुटरलाई सहरी सडकको भीडभाडमा चलाउन सजिलो हुने कम्पनीको भनाइ छ।
याडिया जि-६ मा लामो समयसम्म चल्ने ग्राफिन ब्याट्री दिइएको छ। यसमा ३,००० वाटको टिटिएफएआर मोटर दिइएको छ। एक पटक पूरा चार्जमा स्कुटरले १५० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।
बिहीबार नेपाली बजारमा सार्वजनिक जि-६ को सुरुआती मूल्य दुई लाख ६० हजार रूपैयाँ तोकिएको छ।