नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको अधिकृत वितरक अग्नी ग्रुपले 'महिन्द्रा उत्सव २०२३' योजनाको विजेताहरूको घोषणा गरेको छ।
मंगलबार अग्नी ग्रुपले एक कार्यक्रम आयोजना गरी बम्पर लक्की ड्र मार्फत् पुरस्कार विजेताको घोषणा गरेको हो।
जस अन्तर्गत वीरगञ्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, बिर्तामोड निवासी मिसेक फयाकले जावा–फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रा.लीले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर पाएका छन्।
कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार र छठ पूजालाई लक्षित गरी उक्त योजना लागू गरेको थियो।
भाग्यशाली विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत् उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।