टाटा जेन्युइन पाट्र्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरूका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिनादेखि सञ्चालनमा ल्याएको छ।
१ जनवरी २०२४ मा सुरू भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरूमा टाटा गुरुहरूले प्राप्त गर्दै आएको प्वाइन्ट डबल गरिएको थियो।
उक्त कार्यक्रममा सीमित पार्टसहरूमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखि ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरूमा लागू गरिएको छ।
टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाइन्ट डवल हुने हुँदा प्राप्त प्वाइन्टहरू जम्मा पारी छिटै आफूलाई आवश्यक सामानहरू लिन सक्नेछन्।
अब यस कार्यक्रमको अन्तिम महिनामा धेरै भन्दा धेरै टाटा गुरुहरू सहभागी भइ फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो। साथै टाटा गाडीहरूका लागि नै बनाइएका जेन्युइन पार्टसहरू टाटा गुरुहरूमार्फत् प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तन गर्नुपर्ने झञ्झट नहुने कम्पनीको भनाइ छ।
जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न समेत मद्दत गर्दछ।
टाटा गुरुहरूमार्फत् ग्राहक माझ सहज तथा सर्वसुलभ रुपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुने कम्पनीले बताएको छ।