हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतीक्षित एसयुभी एक्सटरको बुकिङ आज (शुक्रबार) देखि खुला गरेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो।
हुन्डाई एक्सटर ५ सिटर एसयुभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो जुन हुन्डाई भेन्युभन्दा अघि रहने छ। आकर्षक बनोट र विभिन्न फिचरले एक्सटरलाई एक विशेष एसयुभी बनाएको छ।
गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेता समेत बनेको छ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलइडी डिआरएल दिइएको छ। यसको डिआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।
१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयुभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। सो एसयुभीमा १८ प्रकारका 'फर्स्ट–इन–सेग्मेन्ट' फिचर दिइएको छ।
हुन्डाईले एसयुभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ। यसैगरी यसमा शार्क–फीन एन्टेना, फुटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत सेफ्टी, कन्भिनियन्ट र कम्फर्टका फिचरलाई विशेष ध्यान दिएर बनाइएको कम्पनीको भनाइ छ।
यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जस्ले गर्दा नेपालको विभिन्न बाटोहरूमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ।
हिल एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याविलिटी म्यानेजमेन्ट जस्ता 'फर्स्ट–इन–सेग्मेन्ट' फिचर्स पनि यसमा समावेश गरिएको छ।
६ कलर अप्सनमा आउने एक्सटर नेपालमा इएक्स, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाअ ९६ हजार र ४४ लाख ९६ हजार रूपैयाँ रहेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५+ चार्जिङ पोइन्टहरूमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।