भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने पाँच थान आरएफइडी मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्।
मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेसन मेसिन (आरएफआइडी) मेसिन हस्तान्तरण गरेका हुन्।
मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तर्गत कार्य विभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन्।
हाललाई दश थान हस्तान्तरण गरिएको हो। यो मेसिन छिटै सय थान हस्तान्तरण हुने यातायात ब्यवस्था बिभागले जनाएको छ।
हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनि यसमा उपलब्ध डाटा रिड गर्न प्रणालीको व्यवस्था सरकारले गर्न सकेको थिएन।
योसँगै विभागले देशका विभिन्न नाकाहरूमा इम्बोस्ड प्लेट रिड गर्ने गेट समेत निर्माण गरिरहेको छ।