एमजी कारमा भएको आगलागीको घटनामा कम्पनीले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ।
गत पुस ९ गते काठमाडौंको बुढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको एमजी जेडएस इभी गाडीमा आगलागी भएको थियो।
कम्पनीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले विज्ञप्ति जारी गर्दै उक्त घटना विद्युत सर्ट भएर आगलागीको घटना भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'आगलागी घटनाको सम्बन्धमा तत्काल कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको छ।'