डेढ लाख छुटमा सुजुकीको ‘इग्निस’

डेढ लाख छुटमा सुजुकीको ‘इग्निस’


सुजुकीले गत भदौमा भएको नाडा अटो शोमा आफ्नो नयाँ कम्प्याक्ट एसयूभी ‘इग्निस’ सार्वजनिक गर्यो। सार्वजनिक हुनु अगावै नेपाली अटो जगतमा चर्चा कमाएको इग्निस नाडा शोमा पनि अकर्षणमा रह्यो।

यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा रहे पनि नेपालमा सिग्मा उपलब्ध छैन। दसैँ तिहारमा यसको निकै राम्रो सेल्स भएको सिजी मोटोकर्पका सेल्स एक्सपर्ट तथा असिस्टेन्ट म्यानेजर राजेन्द्र पाण्डेले जानकारी दिए।

‘ग्राहकले यसको मूल्य, फिचर्स, लुक्स, ग्राउण्ड क्लियरेन्स निकै मनपराउनु भएको छ, यसको बिक्री र इन्क्वायरी पनि उत्साहजनक छ’ उनले सेतोपाटीसँग भने।

यत्तिको मूल्यमा उपलव्ध विभिन्न सेगमेन्टका गाडीहरुमा पनि धेरै फिचर, माइलेज, ग्राउण्ड क्लियरेन्स इग्निसमा मात्र भएको पाण्डेले दावी गरे।
‘नेपालको रोड कन्डिसन, माइलेज, सर्भिसिङ चार्ज, सबै हिसावले यो ग्राहकहरुको रोजाइमा परेको हो’ पाण्डेले भने।

कम्पनीले यसलाई ‘न्यू एन्जल अफ लाइफ’ भनेर स्लोगन पनि दिएको छ। धेरै कम्पनीले विभिन्न देशलाई टार्गेट गरेर गाडी बनाउने गरेका छन्। तर यो गाडी संसारभरका लागि भएकाले हुनाले जुन देशमा चढ्दा पनि एउटै अनुभुति लिन सकिन्छ। यो कार थापाथली शोरुम बाटै १ सय भन्दा धेरै बिक्री भइसकेको कम्पनीले जनाएको छ।

ट्याक्ट बडी (टोटल इफेक्टीभ कन्ट्रोल टेक्नोलोजी) अनुसार बनेको गाडीको एउटा कुनै भागमा धक्का लाग्दा फोर्सलाई गाडीको अन्य भागमा फैलाउँछ र धेरै क्षति हुन पाउँदैन।

१ दशमलव २ लिटरको भीभीटी पेट्रोल इञ्जिनको इग्निसमा ४ सिलिण्डर रहेका छन्। यसको इञ्जिनले ११३ एनएमको टर्क उत्पादन गर्छ। ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो कारमा ५ सिट क्षमता छ। ३२ लिटर इन्धन क्षमता रहेको यो कारले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ।

यसमा २६० लिटरको बूट स्पेश पनि छ। जसलाई पछाडिको सिट फोल्ड अझ ठूलो बनाउन सकिन्छ। यसमा बेस मोडल डेल्टा देखि नै ड्युल एयर ब्याग, एबिएस, इबिडी (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन), आइ एस ओ फिक्स चाइल्ड, कम्पनी फिटेड म्युजिक सिस्टम, एसी, पावर स्टेरिङ, पावर विन्डो, सेन्ट्रल लकिङ लगायतका अत्यावश्यक फिचर्स समावेस छ।

त्यस्तै जेटा मोडलमा डेल्टामा भएका भन्दा बाहेक ‘पुस स्टार्ट एण्ड स्टप बटम’, रिभर्स पार्किङ सेन्सर, सिट हाइट एड्जस्टेबल, अलोए ह्विल, पछाडि पनि वायपर लगायतका फिचर्स समावेस छ।

त्यस्तै यसको टप भेरियन्ट अल्फामा डेल्टा र जेटामा भएका फिचर्स बाहेक एप्पल कार प्ले, रिभर्स पार्किङ क्यामरा विथ सेन्सर, भ्वाइस कमाण्ड, एलइडी प्रोजेक्टेड हेडल्याम्प लगायतका थप फिचर्स समावेस गरिएका छन्।

डेल्टाको २८ लाख ८९ हजार, जेटाको ३१ लाख ८९ हजार र अल्फाको ३४ लाख ८९ हजार मूल्य तोकिएको छ। त्यस्तै जेटा र अल्फामा दुई कलर आउँछ त्यो लिन चाहानेले २९ हजार बढी पर्ने कम्पनीले जनाएको छ।

पाण्डेका अनुसार यो मूल्यमा १ लाख ५० हजार क्यास डिस्काउन्ट, २ वर्षको फ्रि सर्भिसिङ, ४ बर्षको वारेन्टीको सुविधा पनि दिइएको छ।

तस्वीर: नारायण महर्जन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.