अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी फागुन ३ देखि


कृषि क्षेत्रको व्यवसायिक प्रवद्धन गर्ने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा फागुन ३ गतेबाट दोश्रो वृहत कृषि प्रदर्शनी आयोजना हुने भएको छ।

प्रदर्शनीको आयोजना मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले सयुक्त रुपमा गर्न लागेका हुन्।

प्रदर्शनीमा नेपालबाहेक भारत, चीन, ताइवान, मलेसिया, इजरायल, बंगलादेश, नेदरल्याण्डसहित विभिन्न ९ वटा देशका १२० वटा स्टल राखिने आयोजकले जनाएको छ।

आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको रहने त्यहाँ रहनेछन्।

यसका साथै प्रदर्शनीमा श्री किसान इनोभेसन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरापालन लगायतका विषयमा विभिन्न विज्ञहरुद्धारा प्राविधिक गोष्ठीको कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

निशूल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनी फागुन ६ गतेसम्म चल्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.