दीपक श्रेष्ठकै नेतृत्वमा बुद्ध फाउण्डेशन यूके

तस्विर शिव भण्डारी


 

बुद्ध फाउण्डेशन यूकेको शनिबार सम्पन्न पहिलो अधिवेशनले नयाँ पूर्ण कार्यसमिति चयन गरेको छ।

गेसो हल प्लमस्टिडमा सम्पन्न अधिवेशनले तदर्थ समिति विघटन गर्दै दीपक श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयां पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सचिन श्रेष्ठ, एभरेष्ट गौतम र हरिश ज्ञवाली, महासचिवमा अर्जुन कटुवाल, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल र सहकोषाध्यक्षमा धनराज मल्ल चुनिएका छन् ।

त्यसैगरि, सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, महेन्द्र विक्रम कुंवर, निरन्जन खड्का, विकास नेपाल, बर्मा खनाल, गणेश खड्का, मन्जु भट्ट, सूर्य गुरुङ र सिमी पुन चुनिए ।

निर्वाचन पश्चात निर्वाचन मण्डलले  नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएको   थियो  ।

अधिवेशनमा समाजसेवीहरु मोहन गुरुङ, श्रीचन्द्र गुरुङ, सुशील प्रजापति, सहदेव गिरी, कुमार श्रेष्ठ लगायत अतिथीहरु सहभागी थिए ।

यसअघि पहिलो चरणमा फाउण्डेशनका महासचिव गणेश खड्का र अध्यक्ष दीपक श्रेष्ठले संस्थाका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

पावर पोइन्ट प्रिजेन्टेसन दिंदै अध्यक्ष श्रेष्ठले फाउण्डेशनले कपिलवस्तु समाज यूके र एनआरएनए यूकेको सहकार्यमा कपिलवस्तुमा वुद्ध वृद्धाश्रम निर्माण गरिरहेको जनाए । उनले गत वर्ष ट्राफलगर स्क्वायरमा भव्य रुपमा बुद्ध जयन्ती मनाइएको, वृद्धाश्रम निर्माण सहयोगार्थ प्लमस्टिडमा च्यारिटी कार्यक्रम गरिएको र संस्थाको तर्फबाट केही खेलकुद प्रतियोगितामा सहभागी गराइएको समेत उल्लेख गरे । उनले फाउण्डेशनले आगामी २१ जनवरी दिउसो उलवीचमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेको विशेष आतिथ्यमा निशुल्क बुद्ध सम्वन्धि प्रवचन गर्न लागेको पनि जानकारी दिएका थिए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.