शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आगामी मेमा तोकिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ।
समितिले मे ३ देखि ५ सम्म हुने महाधिवेशनका लागि मतदाता प्रथम नामावली प्रकाशित गरेको जनाएको छ।
कुनै मतदाताको नाम छुटेको भएमा अन्तिम नामावली प्रकाशित हुनुअघि निर्वाचन समितिलाई निवेदन गर्न सक्ने सूचनामा भनिएको छ। छुटेको नामावली निर्वाचन समितिले अन्तिम नामावलीमा समावेश गर्ने उल्लेख छ।
विवादबीच पनि घले नेतृत्वको समितिले महाधिवेशन गर्न लागेको हो। आफूले सर्वोच्च अदालतको परमादेशकै आधारमा एकता महाधिवेशन गर्न लागेको घलेले बताउँदै आएका छन्।