गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति संयोजक शेष घलेले सम्पूर्ण एनआरएनएहरूलाई फुटेर होइन जुटेर अगाडि बढ्न अपिल गरेका छन्।
एकता महाधिवेशनको लागि डेलिगेट्स बन्न संसारभरीबाट तीन हजारभन्दा धेरै नेपालीले आवेदन दिएको र कतिपय नेपाल आइसकेको उल्लेख गर्दै एकता महाधिवेशनलाई सघाउन उनले अपिल गरेका हुन्।
'निर्वाचन कार्यतालिका पनि सार्वजनिक भइसकेको छ,' उनले भनेका छन्, 'यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन।'
सर्वोच्च अदालको परमादेश, एनआरएनएको विधान मर्म र उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिका आधारमा आफूहरूले एकताको महाधिवेशन गर्न लागेको उल्लेख गरेका छन्।
एकै थलोमा भेला भएर खुला छलफल गरेर अघि बढ्न समेत उनले एनआरएनएका अधिकारीहरूलाई आग्रह गरेका छन्।