गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी सहितको टोलीले परराष्ट्र सचिव अमृत बहादुर राईसॅंग भेट गरेको छ।
भेटमा परराष्ट्र सचिव राईसॅंग गैरआवासीय नेपालीहरूको नागरिकता, आर्थिक, सामाजिक र संस्कृति अधिकारका विषयमा छलफल भएको एनआरएनए सचिव राधिका गुरूङ (टीका) ले बताइन्।
त्यस्तै, भेटमा एनआरएनको समसामयिक विषयमा पनि विशेष छलफल भएको उनले जानकारी दिइन्।
शेष घले संयोजक रहेको एनआरएनए उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म अधिवेशन गर्ने तयारी गरिरहेको सन्दर्भमा एनआरएनए पदाधिकारीहरूले राजनीतिक र अन्य भेटघाटलाई तीव्रता दिएका छन्।
यसअघि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका नेताहरूसॅंग भेट गरिसकेका छन्।
परराष्ट्र मन्त्रालयले पनि मे ३ देखि ५ सम्म घले नेतृत्वको समितिले गर्न लागेको अधिवेशन ६ महिना सार्नको लागि सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ।