साडी छान्न फेसबुक–ट्वीटरमा सुझाव माग्दै राजदूत

साडी छान्न फेसबुक–ट्वीटरमा सुझाव माग्दै राजदूत


भारतस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेरिके कार्लसन यतिबेला फेसबुक–ट्वीटरमा छाएकी छन्। उनले यी सामाजिक संजाल एक ट्रेन्ड सुरु गरेकी छन् जसले सबैको ध्यान खिचिरहेको छ।

राजदूत कार्लसनले चलाएको ट्रेन्ड #sareesearch हो। यो ट्रेन्ड मार्फत् उनी आफ्ना लागि साडी किन्न सुझाव मागिरहेकी छन्।

अमेरिकी नागरिक कालर्सनले आफ्नो जीवनमै पहिलो पटक साडी किन्ने भएकी हुन्। भारतको ७० औं स्वतन्त्रता दिवसको अवसरमा आफूले साडी लगाउने भनेपनि कस्तो किन्ने भन्ने निर्णय गर्न नसकेको भन्दै उनले फेसबुक–ट्वीटरमा सुझाव मागेकी हुन्।

उनले चार विभिन्न साडी लगाएका फोटा राखेकी छन्। यसमा कुन राम्रो छ भनेर राय दिन उनले आग्रह गरेकी छन्।
उनको यो पोस्टमा धमाधम कमेन्टहरु आइरहेका छन्।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.