यति च्याम्बर अफ कमर्सको दोश्रो साधारण सभा हुने


टेक्सासको डालस स्थित नेपाली ब्यापारीहरुको संस्था यति च्याम्बर अफ कमर्सको दोश्रो साधारण सभा आगामी डिसेम्बर १० तारिखका दिन हुने भएको छ।

आगामी दुई बर्षको कार्यकालका लागि नया कार्य समितीको निर्बाचन समेत सम्पन हुने सो सभामा डालसबासी नेपाली उद्धमीहरुको सकृय सहभागिता रहने जनाईएको छ।

च्याम्बरका निर्बाचन प्रमुख बिनय अर्यालले दिएको जानकारी अनुसार च्याम्बरको आगामी कार्य समितिका लागी एक अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित १० जना थप कार्य समितिको निर्बाचन हुने छ। निर्बाचन प्रक्रियालाई चुस्त दुरुस्त बनाउन बुधबार बिहान देखि आगामी आइतबार सम्मको समय अबधी भित्र आ- आफ्नो मनोनयन पत्र दर्ता गराई सक्नु पर्ने निर्बाचन प्रमुख अर्यालले सेतोपाटीलाई बताए।

टेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले स्थापना गरिएको यति च्याम्बर अफ कमर्सले आफ्नो स्थापनाको छोटो अवधिमा स्थानीय नेपाली ब्यापारीहरुलाई हित हुने थुप्रै गतिविधि सञ्चालन गर्दै आइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.