भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सम्पदा पुननिर्माणमा उल्लेख्य सफलता हात पारेको छ। संरक्षणको अभावमा जीर्ण भएका, अतिक्रमणमा परेका र भूकम्पका कारण भत्किएका सम्पदाका साथै नव सम्पदाहरू समेत निर्माण भएको मध्यपुर थिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले बताए।
‘अहिले हामी सम्पदा पुननिर्माण र जिर्णोद्धारमा नमूना रूपमा अगाडि बढिरहेका छौ। नगरपालिका भित्रका २३ वटा मन्दिरमध्ये केही जिर्णेद्धारको अन्तिम चरणम छन् भने केही जिर्णोद्धार भईसकेका छन्’, श्रेष्ठले भने, ‘त्यसैगरी ३२ वटा पाटीपौवा, २५ वटा पोखरीमध्ये १५ वटा निमार्ण सकिएको छन् भने १० वटा अन्तिम चरणमा छन्। २० ईनार, नौ वटा विहार मध्ये ६ वटा पुनर्निर्माण सम्पन्न भईसकेको छन्।’
२२ वटा ढुंगेधारा पुननिमार्ण सकिएको जानकारी दिँदै उनले नव निमार्ण कार्य अन्तगर्त ९ वटा पार्कमध्ये ४ वटा पार्क निमार्ण सकिएको र ५ वटा पार्क अन्तिम चरणमा रहेको बताए।
‘बाँकी रहेका निमार्ण कार्य हाम्रो कार्यकालमा सम्पन्न गर्ने योजनाका साथ अगाडि बढिरहेका छौं’, नगरप्रमुख श्रेष्ठले भने, ‘काठमाडौं उपत्यकाकै पहिलो भन्दा पनि हुन्छ मध्यपुरनगरको भुलाङमा सोह्रखुट्टे भएका पार्टी निर्माण गरेका छौ।’
भक्तपुरका चार नगरपालिका मध्ये पुरानो नगरपालिका मध्यपुर कला र सम्पदाका हिसाबले धनी भएर पनि सम्पदाको जर्गेना नहुँदा खण्डहरमा परिणत भएको मेयर श्रेष्ठले जानकारी गराए। ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मध्यपुर थिमीमा सम्पदा पुनर्निर्माणले गति लिएको हो’, श्रेष्ठले भने,‘अस्तित्व नै समाप्त भएका केही सम्पदा पुन उत्खनन्, जीर्ण भई अस्तित्व नै समाप्त भएका सम्पदाको पुनर्निर्माण, मर्मत गर्नसक्ने अवस्थाका सम्पदा निर्माण गरेका छौं।’
विशेषगरी मध्यपुर नगर क्षेत्रका मठ मन्दिर, पुराना पाटी, पोखरी, सत्तल, पार्क पुनर्निर्माणमा ध्यान दिएको श्रेष्ठल बताए।
हेर्नुहोस् पुनर्निर्माण सकिएका केही सम्पदाहरू
बोडे दरबार
बोडेस्थित नव निर्मित धारामा पार्क घुम्न आएका आन्तरिक पर्यटक फोटो खिचाउँदै।
दुईपोखरी
मध्यपुर थिमी नगरपालिका– ५ मा अवस्थित निमार्णधीन भजन मण्डल पाटी।
बालकुमारी मन्दिर परिसरमा निमार्णधीन पोखरी।
बोडे दरबार नजिकै रहेको कमल पोखरी। कित्ताकाट गरेर व्यक्तिको नाममा नामसारीको तयारी गरेको अवस्थामा नगरपालिकाले मुद्दा लडेर फिर्ता ल्याएको थियो। यसको क्षेत्रफल १२ रोपनी छ।
भूकम्पले पहिलो तला क्षति भएपश्चात पुननिर्माण गरिएको नगदेशको सिद्धि गणेश मन्दिर।
लोकन्थलीमा निमार्णधीन पार्क
बोडे पार्कमा निमार्णधीन पाटी