भक्तपुरको थिमिस्थित बोडेको नीलबाराही नाच आज सकिँदैछ। हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट सुरू हुने परम्परा छ। यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो जात्राका रुपमा लिने गरिन्छ।
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ। प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।
नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ ।
हेर्नुहोस् तस्बिरमा