देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं। धेरैपटक जाने योजना पनि बुन्यौ। तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, हामी यसपाली पुग्यौं। र, हामीले दुई रात त्यहाँ वितायौं। तालको सौन्दर्यमा रमायौं।
अचेल धेरै नेपाली मोटर बाटो भएर राराताल पुगेको खबर सुनिन्छ। हामी चाहिँ काठमाडौंबाट रारा विमानस्थलसम्मै चार्टड हवाई जहाजमा गयौं। हाम्रो टोलीमा १८ जना थियौं। हामी कात्तिक १७ गते बिहान काठमाडौंबाट मध्यान्हमा उड्यौं। रारा (ताल्चा) विमानस्थल पुग्न डेढ घन्टा भन्दा बढी समय लाग्यो।
गोमा एयरका पाइलट युगजी मित्र भएकाले उनले ताल्चा विमानस्थलमा ल्याण्ड गर्नु अघि तालमाथि फन्को लगाइदिए। अहो ! उपत्यकामा गहिरो ताल ! निलो रंगको।
सोचेको भन्दा धेरै ठूलो र सुन्दर लाग्यो मलाई।
जहाजको झ्यालबाट हेर्दा केही साथीको त सातै उड्यो। बेस्करी डराए उनीहरु। जब हामी ताल्चा विमानस्थलमा ल्याण्ड भयौं। त्यहाँबाट ८ जना भरियाको साथ लागेर उकालो चढ्यौं।
ताल किनारमा पुग्न दुई घन्टा लाग्यो। उकालो सकिएपछि जंगलको बाटो हिँड्यौं। तालको किनार भेट्दा फेरी अर्को खुशी छायो। ताल देख्नेवित्तिकै हाम्रो थकाई मेटियो। हामीले क्यामेरा झिकेर भटाभट तस्बिर खिच्यौं। जति खिचे पनि नअघाइने। जति हेरे पनि धित नर्मने। बल्ल जीवनको एउटा रहर पुरा भयो।
सुकुमारी रैछिन् राराताल।
राराको सौन्दर्यमा डुबुल्की मा¥यौं। किनारबाट बास बस्ने होटल पुग्न अर्को एक घन्टा हिँड्नु पर्ने रहेछ। साँझपख मात्र डाँफे होटलमा पुग्यौं। त्यहाँ मान्छेको निकै चहलपहल थियो। सबै पर्यटक नेपाली, करिब ८० जनाको हुल रहेछ।
होटल सामान्य रहेछ। खाना र बासको सुविधा सोचेजति राम्रो रहेनछ। हामीले आफ्ना लागि केही खानेकुरा बोकेर गएका थियौं। त्यसैले हामीलाई त गाहे भएन।
साँझ क्याम्प फायरमा जम्यौं। हामीले १८ जनाका लागि जम्मा ५ कोठा पायौं। १२ जना कोठामा बस्यौं। बाँकी टेन्टमा। टेन्टको सुताई निकै चिसो भयो।
रातभर स्याल करायो। एकातिर चिसो, अर्कोतिर स्यालको ककर्श आवाज। त्यसमाथि थकान। अहँ निन्दै्र परेन।
सूर्योदय हेर्ने रहरले बिहानै उठ्यौं। बिहानी सौन्दर्यलाई क्यामेरामा कैद ग¥यौं।
त्यहाँ हामीले एउटा च्याँग्राको जोहो ग¥यौं। च्याँग्राको मूल्य १८ हजार रुपैयाँ प¥यो। केही साथी च्याँग्रा काट्ने तयारीमा बसे। हामी ६ जना साथीहरु चाहिँ एकै ठाउँमा उभिएर सिंगो ताललाई खिच्न मुर्माटपतिर उकालियौं।
ठ्याक्कै तीन घन्टा लाग्यो माथि पुग्न। मुर्माटप मुन्तिरबाटै तालको पुरा छवी देखिएको थियो। हामी तस्बिर खिच्दै उकालो चढ्यौं। जब टाकुरीमा पुग्यौं त्यहाँबाट हिमालको लामो लर्कन देख्यौं। कान्जीरोवा र शैपाल हिमालको पनि दर्शन ग¥यौं।
डाँडाबाट बझाङ, कालीकोट, बाजुरा, डोल्पा लगायतको भूभाग पनि देखिँदो रहेछ।
मलाई लाग्यो मुर्माटपमा पाइला नटेकि रारा यात्रा अपुरो हुने रहेछ। म राराताल घुम्न जाने सबै नेपालीलाई मुर्माटप पुग्न आग्रह गर्दछु।
हामी तल झर्दा साथीहरुले च्याँग्राको परिकार तयार पारिसकेका थिए। धन्यवाद ती साथीहरुलाई। बल्ल दिउसो साँढे तीन बजेतिर हामीले लन्च खायौं।
लन्च पछि केही साथी डाँफेबाट भिलेज हेरिटेज रिसोर्टमा स¥यौं। जुन रिसोर्ट डाँफे भन्दा व्यवस्थित र सुविधायुक्त रहेछ। त्यो साँझ हामी सबैले हेरिटेजमा खानपिन ग¥यौं। साँझ क्याम्प फायरसँगै नाचगान चल्यो।
रारा चिसोले कठ्याँग्रिदै गयो। हामी तात्तिंदै गयौं। रिसोर्टमा बसेका केही युवा पनि हामीसँगै रौसिए।
अर्को दिन बिहानै उठ्यौं। हामी ६ बजेतिर नेपाली सेनाको चेकपोस्टमा आएर डुँगा चढ्न तयार भयौं। डुँगामा एक घन्टा जति तालको किनारमा आइपुग्न।
अब हामी फर्कदैं छौं, आजै ताल्चा विमानस्थलबाट नेपालगञ्ज हुँदै काठमाडौं पुग्ने गरी।
राराताल घुमेपछि मनमा केही कुरा खेलेका छन्। ताल क्षेत्रमा होटल क्षमता भन्दा पर्यटक बढी पुग्दा रहेछन्। त्यहाँ सुविधायुक्त होटल थप्न जरुरी देखिन्छ। खाना र बासको राम्रो सुविधा हुनु पर्छ।
मनाङ र मुस्ताङमा जस्तो सुविधा त्यहाँ भेटिएन। भर्खर पर्यटनमा बामे सर्दै गरेको झैं लाग्यो राराताल।
रारा यात्रामा जाने आन्तरिक पर्यटकले पनि राम्रो तयारी गरेको देखिएन। कतिपय त काठमाडौंमा लगाउने जस्तो फर्मल डे«समै आएका थिए। सामान्य लुगामा पनि भेटिए। उचाई भएको चिसो ठाउँमा न्याना कपडा र हिँड्न सजिलो जुत्ता
लगाएर यात्रा गर्न हामी नेपालीले कहिले सिकौंला ?
दुई रात रारामा विताएर काठमाडौं फर्केपछि जब मोबाइल फोनमा परिवारलाई त्यहाँका तस्बिर देखाएँ, सबै मोहित बने। ताल क्षेत्रमा राम्रो सुविधा चाँडै थपियोस्।
फेरि एक पटक परिवारसँग राराताल जाने मन छ।
तस्बिरमा मेरो रारा यात्रा