नेपाली चलचित्रका नायक अनमोल केसीले कुश्मामा स्काई साइक्लिङ र बन्जी जम्प गरेका छन् ।
शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।
'केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो,' उनले भने ।
केसी नेपाली चलचित्रमा 'मेगा स्टार'का रूपमा समेत चर्चित छन् । 'ड्रिम्स', क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई रोप साइक्लिङ, स्काई क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।
'सामान्यदेखि एक्स्ट्रिम थ्रिल हुने एड्भेन्चर हामीसँग छन्,' अध्यक्ष राजु भन्छन्, 'सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।'