चीनको सिचुआन प्रान्तको लेशानमा आयोजित सुचिआन ईन्टरनेश्नल ट्राभल एक्सपोमा नेपाललाई सुशोभित राष्ट्रको सम्मान दिइएको छ।
सेप्टेम्बर ६–९ सम्म चलेको मेलामा नेपाललाई विशिष्ट स्थान दिइएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी, लुम्बिनी, तानसेन एवम् रामग्राम नगरपालिकाका मेयरहरु, संघीय सांसद् तथा प्रदेश सांसद्का साथ–साथै नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायीको प्रतिनिधि मण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले नेतृत्व गरेका थिए।
मन्त्री अधिकारीले सुचिआन ईन्टरनेश्नल ट्राभल एक्सपोको उद्घाटन समारोहमा सम्बोधन गर्नुका साथै सुचिआन प्रान्तका गर्भनर, लेशान नगरपालिकाका मेयर र प्रख्यात डाडो जेन टेम्पल र लेशान बुद्ध टेम्पलका प्रमुखहरुसँग विभिन्न उच्च स्तरीय बैठकहरु भएका थिए। बैठकमा नेपाल र चीन बिचको सहकार्य तथा पर्यटन प्रवर्धनबारे छलफल भएको थियो।
यस क्रममा बौद्ध धर्मद्वारा पर्यटन प्रर्वद्धन गर्न लेशान तथा लुम्बिनी, तानसेन र रामग्राम नगरपालिकाका बिच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ।
लेशान, विश्वको सबैभन्दा ठूलो बुद्धको मूर्तिको शहरका रुपमा विश्व–विख्यात चिनीया शहर हो जहाँ लाखौंको संख्यामा प्रत्येक वर्ष पर्यटकहरुले भ्रमण गर्दछन्।
विशेष कार्यक्रम माझ भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटोलाई लेशानको बुद्ध सङ्ग्रालयलाई हस्तान्तरण पनि गरियो।
उच्च धार्मिक–कोटीको कार्यक्रमका साथ पवित्र माटोलाई लेशान सङ्ग्रालयमा राखिने भएको छ जुन त्यहाँ आउने पर्यटकका लागि ठूलो आकर्षण हुन गई नेपालको पर्यटन प्रवद्र्धन हुन जाने विश्वास गरिएको छ।
साथ–साथै, यसै अवसर पारेर लेशानमा नेपाल सप्ताहसमेत आयोजना भएको छ। जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबाट उक्त सप्ताहको उद्घाटन भएको थियो।
कार्यक्रममा नेपाली हस्तकला प्रर्दशनी, नेपाली खाना तथा पकवान प्रदर्शनी, फोटो प्रदर्शनी, माटोको भाँडो बनाउने मौलिक नेपाली कलाको प्रदर्शनी तथा सांस्कृतिक नाच सहित नेपालको पर्यटन प्रवद्र्धन गरिएको थियो।
माननिय मन्त्री श्री रविन्द« अधिकारीज्यू तथा लेशान नगरपालिकाका मेयर दुवैले लुम्बिनी र लेशानबाट दुई देश बीचको द्वौत्य सम्बन्ध अझै प्रगाढ रहने कुरा व्यक्त गर्नुभयो । यस कार्यक्रमका कारण चीनमा नेपालको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पु¥याउने मन्त्रीज्यूले धारणा समेत राख्नुभएको थिए ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (ल्ब्त्त्ब्)ले उक्त पर्यटन मेलाको व्यापारिक सत्रमा सहभागिता जनाएका थिए । यस कार्यक्रमबाट भिजिट नेपाल २०२०लाई चीनमा सहयोग पुग्ने अपेक्षा विभिन्न साझेदारहरुको रहेको छ ।