गएको स्थानीय चुनावमा बागलुङका चार पालिका नेकपा एमाले र चार वटामा एमालेले जित हात पारेका थिए। त्यतिखेर कांग्रेसले चारवटै पालिका जितेको थियो। बाँकी दुई माओवादी र राष्ट्रिय जनमोर्चा पार्टीले पाएका थिए।
बागलुङका सबै स्थानीय तहमा निर्वाचनको अन्तिम नतिजा आइसकेको छ।
यसपाली भने कांग्रेस, माओवादी र जनमोर्चा मिलेर एमालेलाई एउटा पालिकामा सिमित गरिदिएका छन्।
सदरमुकाम रहेको बागलुङ नगरपालिका नै एमालेले गुमाएको छ।
गएको निर्वाचनमा यहाँ उसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तलमेल गरेको थियो। एमालेका जनकराज पौडेलले १२३६१ मत ल्याएर मेयर जितेका थिए। राप्रपाले भने १११८७ ल्याएर उपमेयर हात पारेको थियो। त्यतिखेर १००६७ मत ल्याएर कांग्रेसका बसन्त कुमार श्रेष्ठ पराजित भए।
यसपाली भने यहाँ सत्ता गठबन्धनका कांग्रेस/ माओवादीले तालमेल गरेको। नेपाली कांग्रेसले मेयर पायो, नेकपा माओवादीले उपमेयर। मेयर उम्मेदवारमा कांग्रेसले यसअघि नै पराजित श्रेष्ठलाई अघि सारेको थियो। यसपाली उनले पहिला भन्दा ४ हजार बढी मत ल्याएर जितेका छन्। अहिले उनले १४६४८ मत ल्याएका छन्। उपमेयरका १२४२७ मत ल्याएर विजयी बने।
एमालेले पनि यसअघि मेयर जितेका पौडेललाई नै दोहोर्याएको थियो। उनले भने पहिलेको भन्दा ४ हजार बढी मत घटाएर ८८२९ मतमा पराजित भए।
जैमूनीमा यसअघि बिना तालमेल कांग्रेसले जितेको थियो। यसपालि सत्ता गठबन्धनका दलहरूबीच तालमेल हुँदा उसले जनमोर्चालाई मेयर छोड्नुपर्यो। त्यतिबेला कांग्रेसका इन्द्र पौडेलले ५३५६ ल्याएर जितेका थिए। अहिले मेयरमा विजयी भएका जनमोर्चाका नरबहादुर पुनले ८७५५ प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसका हरिहर पौडेलले ९१७३ ल्याएर जितेका छन्।
गलकोट नगरपालिकामा यसअघि नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो। कांग्रेसका भरत शर्मा नै यसपाली पनि मेयरमा दोहोरिएका छन्। जित पनि उनैको भएको छ। यसअघि ५८१५ मत ल्याएका शर्माले अहिले ५४१४ पाएका छन्। कांग्रेस एक्लै लड्दाभन्दा अहिले गठबन्धन गर्दा उनको मत घटेको देखिन्छ। यसअघि उपाध्यक्षमा कांग्रेसले ६०९९ मत ल्याएर जितेको थियो। उपमेयरमा पनि केही अहिले गठबन्धनबाट उपमेयर पाएका माओवादीका फमलाल नीउरेले ६०३९ पाएका छन्।
यसपाली बागलुङमा एमालेले जितेको ढोरपाटन नगरपालिका मात्रै हो। यहाँ देवकुमार नेपालीले गठबन्धनबाट माओवादीका मेयर उम्मेदवार चन्द्रलाल अर्याललाई पराजित गरेका छन्। नेपालीले यहाँ यसअघि भन्दा २९५८ मत बढाएका पनि छन्। यसपाली उनले ५७३५ ल्याएर मेयर पद जितेका हुन्। तर यहाँ पनि उसले उपमेयर भने आफ्नो बनाउन पाएन। गठबन्धनका कांग्रेसका ३३ वर्षीय धनबहादुर कायतले उपमेयरमा ५६५० मत ल्याएका छन्।
तमानखोला गाउँपालिकामा यसपाली पनि कांग्रेसले जितेको छ। कांग्रेसले यसअघिका गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई नै यसपाली पनि दोहोर्याएको थियो। पहिले २२१९ ल्याएर जितेका उनले यसपाली २७०७ मत पाएका छन्। उपाध्यक्षमा कांग्रेसकै हिराकुमारी छन्त्याल २७६८ मत ल्याएर विजयी भएकी छन्।
काठेखोला गाउँपालिकामा यसअघि एमालेले ६६६९ मत ल्याएर जितेको थियो। त्यतिखेर जनमोर्चाले उपाध्यक्ष जितेको थियो। अहिले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजु थापाले ७७५१ मत ल्याएर अध्यक्ष जितेका छन् भने जनमोर्चाका तेजबहादुर थापाले ६७१२ मत ल्याएर उपाध्यक्ष जितेका छन्।
ताराखोला गाउँपालिकामा भने पहिले झैँ यसपाली पनि नेकपा माओवादी विजयी भएको छ। त्यतिबेला माओवादीले ३३५० मत ल्याएर जितेको थियो। अहिले भने यहाँ पनि सत्ता गठबन्धन दलले तालमेल गरेका थिए। माओवादीका धनबहादुर विक २२८५ ले मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोका ३४०३ ल्याएर विजयी बनेका छन्।
निसीखोला गाउँपालिकामा कांग्रेसले जितेको थियो। अध्यक्षको २७६९ र उपाध्यक्षको २८७२ मत थियो। यसपाली पनि यहाँ गठबन्धनबाट कांग्रेसले नै जितेको छ। अध्यक्ष उम्मेदवार सूर्यबहादुर घर्तीले ५५११ मत ल्याएर जितेका छन्। माओवादीका प्रेमबहादुर घर्ती मगरले उपाध्यक्षमा ५ हजार ल्याएर विजयी बनेका छन्।
बडिगाड गाउँपालिकामा यसअघि नेपाली कांग्रेस एक्लै लडेको थियो। तर एमालेका मेहर सिंह पाइजा ले ४८५१ मत ल्याएर जिते। उपाध्यक्षमा कांग्रेसले ४२९१ मत ल्याएर जितेको थियो। यसपाली भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जित्यो।
कांग्रेसबाट अध्यक्ष उम्मेदवार गण्डकी थापा अधिकारीले ७३८६ मत ल्याएर जितेकी छन्। भिमसेन वनले ७२३१ उपाध्यक्ष जितेका छन्।
वरेङ गाउँपालिका भने जनमोर्चाले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो। यसपाली भने अध्यक्षमा जनमोर्चाले नै जितेपनि उपाध्यक्ष नेपाली कांग्रेसले हात पारेको छ। जनमोर्चाले यसअघिकै अध्यक्ष कृष्णप्रसाद शर्मालाई दोहोर्याएको थियो। उनले पहिले भन्दा ६ हजार मत बढी ल्याएका छन्। शर्माले अहिले ३६०१ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका दिलिपकुमार पुनले ३६८२ मत पाएका छन्।